Friday, June 25, 2021

पोखिएर घामको झुल्का

पोखिएर घामको झुल्का, भरि संघारमा,
तिम्रो जिन्दगीको ढोका (खोलूँ खोलूँ लाग्छ है)2
सयपत्री फूलसितै फक्री आँगनमा,
बतासको भाखा टिपी (बोलूँ बोलूँ लाग्छ है)2

(कति कति आँखाहरु बाटो छेक्न आँउछन्)2
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा (रोजूँ रोजूँ लाग्छ है)2

(उडुँ-उडुँ लाग्छ किन, प्वाँख कहिले पलायो)2
मनको शान्त तलाउको पानी कसले चलायो
आँफैंलाई थाहा छैन कसलाई थाहा होला,
त्यसैले त तिमीसित (सोधूँ सोधूँ लाग्छ है)2

पोखिएर घामको झुल्का, भरि संघारमा,
तिम्रो जिन्दगीको ढोका (खोलूँ खोलूँ लाग्छ है)2

Pokhiyera Gham Ko Jhulka.....
Singer: Narayan Gopal
Music: Ambar Gurung
Lyrics: Haribhakta Katuwal

No comments:

Post a Comment

Git branch show detached HEAD

  Git branch show detached HEAD 1. List your branch $ git branch * (HEAD detached at f219e03)   00 2. Run re-set hard $ git reset --hard 3. ...