Thursday, June 3, 2021

manako kuro

 आफ्नै धर्तीलाई सम्झंदा !!!

नयाँ भाग्य कोर्न  
नयाँ मुलुकको लागी
जब घर देश बाट हिंड्छ
परिवारको भविष्यलाई
राम्रोसँग स्रिङ्गारेर
खुशि,र दुखको दोसाँझमा
अल्मलिंदै, रुमलिंदै
आफ्नो प्यारो गाउँ बेशि
पाईला पाईलाले पछि पार्दै
नयाँ  सपना सम्झंदै
एउटा उदेष्यमा  लम्किन्छ - परदेशी

परिवारमा बात कम
खबर कम भो परदेश बाट
न गफ छ, न भेट छ
सुन्य सुन्य छ
एकान्त छ,
उता,
आमा पिंढिमा  बसेर
सोध्छिन रे !
छोरा कहिले आउँछ ?
छोरा दिन गन्दै,
महिना अनि बर्ष गन्दै
समयको वहावमा
यसरि चल्दै छ,
थाहा छैन जीवन
कहाँ पुग्दै छ,
शरीरको रुपरेखा बदलिंदै छ
कपाल फुलेर
कनिका छरे जस्तै भो
खै के को खोजीमा
केहि पाए जस्तो
केहि नपाए जस्तो
दोधारको जिन्दगी
सबै मिलेर नि
कतै केहि नमिले जस्तो
केहि छुटे जस्तो
सन्तोषको सास
फेर्न नसके जस्तो
न देश अट्यो न परिवार
यो मनमा सांच्न लाई
नयाँ मुलुक, नयाँ संसार,
नयाँ  परिवार
अनि नयाँ परिवेश भो विदेश !!!

न देश भो
न भो परिवार यो मनमा साँच्न लाई

न त् देश न त् परिवार

सिक्का हावामा पल्टाएर
भाग्य बदल्न सकिने रहेनछ
बर्मा गए कर्म संगै
त्यसै भएको रहेनछ
सबैको भाग्य एउटै
हुँदो रहेनछ !!!
sikkaa paltaaer sahi halat chuttaaun sakinna



५/१८/२०२१
Vienna, VA


जिन्दगीको समयले घडी घुमाको  छ
सुन्दर कुरा ओईलाएर चाउरिएको छ
समयलाई कसैले रोक्न सक्दैन
एक दिन भुईंमा झरी यहिं मिल्नु छ

जिन्दगीको समय त् आँफै चलेको छ
सुन्दर कुरा ओइलाएर आँफै झरेको छ
रितै हैछ संसारको आउने जाने यहाँ
केहि दिई केहि लिई जानु परेको छ !!!





समयसँगै हरेक सुन्दर चीज ओइलाउँदै जान्छन्, सुकेर खङ्ग्रङ्ग पर्छन् । तर हरेक चीज सुक्दैनन्, केही केही सधैं हरियै रहन्छन्- ‘एभरग्रीन’ ।

‘अ क्लकवर्क अरेन्ज’ यस्तै एभरग्रीन सिनेमा हो ।

No comments:

Post a Comment

Git branch show detached HEAD

  Git branch show detached HEAD 1. List your branch $ git branch * (HEAD detached at f219e03)   00 2. Run re-set hard $ git reset --hard 3. ...